बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थी र प्रशिक्षकलाई जर्सी प्रदान

समाचारदाता : विकास चाम्लिङ राई

२०८२ वैशाख २५ गते।

धराने मिडिया : धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा संपन्न भइरहेको १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थी तथा प्रशिक्षकहरुलाई जर्सी प्रदान गरेको छ । 

IMG-20250508-WA0001

   धरान १६ स्थित धरान रंगशालमामा रहेको इन्डोर बास्केटवल कोर्टमा वुधवार विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको थियो । उनिहरुलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुले जर्सी हस्तान्तरण गरेका थिए । टया्लेन्ट हन्टका प्रशिक्षकहश्रुलाई जर्सी संगै प्राविधिक सामान समेत प्रदान गरिएको थियो । बास्केकटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धयश्यले बास्केटवल संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । १० औ ट्यालेन्ट हन्टको प्रशिक्षण धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । विशेष गरेर एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा देखिका विद्यार्थीहरुले सहभागिता जनाएको छ । ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृतmमा सिफारिस गरिने सुनसरी बास्केटवल ंसंघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।

IMG-20250508-WA0003

      यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र  डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृतmमा सिफारिस गरेका थियौ । अहिले उनिहरु सोहि विद्यालय वाट बास्केटवल खेल्दै अध्यन समेत गरिरहेको अध्यक्ष सुवेदिले वताए । संघले अहिले सम्म दुई सय भन्दा वढि खेलाडि विद्यार्थीहरुलाई निशुल्क छात्रवृतमा अध्यन गराइसकेका छन । प्रशिक्षण क्याम्प जेठ पहिलो हप्ता सम्म चल्नेछ ।

IMG-20250508-WA0002

      प्रशिक्षण क्याम्प विहान ६ वजे देखि ८ वजे सम्म चल्ने राष्ट्रिय बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराए । राई संगै प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई राष्ट्रिय महिला बास्केटवल खेलाडि डा. आशा राई, कोशी प्रदेश बास्केटवल खेलाडि सुसन श्रेष्ठ, आस्था राईु, युगल लिम्वु, पारस राई, साहिल श्रेष्ठ, कैलाश लिम्वु, सुवांस राई लगायतले प्रशिक्षण गराइरहेकाछन ।