खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्ति सिफारिस

समाचारदाता : बिकास चाम्लिङ राई

२०८२ जेठ ०८ गते ।

धराने मिडिया : धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ ।

धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो ।

बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ ।

WhatsApp Image 2025-05-22 at 7.43.46 PM (1)

विशेष गरेर एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको थियो ।

ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृत्ति सिफारिस गरिने सुनसरी बास्केटवल ंसंघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।

उनिहरुको प्रशिक्षण भने एसइइको रिजल्ट नआइन्जेल सम्म निरन्तर रहने अध्यक्ष सुवेदिले जनाए ।

समापन कार्यक्रममा अध्यक्ष सुवेदि र ट्यालेन्ट हन्टका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

१० औ ट्यालेन्ट हन्टको प्रशिक्षण धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको थियो ।

यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरु धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ कक्षामा अध्यन गरिरहेका छन । उनिहरुलाई ११ र १२ कक्षामा छात्रवृत्ति प्रदान गरिएको छ ।

WhatsApp Image 2025-05-22 at 7.43.46 PM