कोशी प्रदेश स्तरीय ओपन बास्केटवल, सुनसरी र इलाम फाइनलमा भिड्ने

समाचारदाता : विकास चाम्लिङ राई

२०८२, असार ०८ गते।

धराने मिडिया : धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलमा भिड्ने पक्का भएको छ ।

शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन ।

सुनसरीले धनकुटालाई ६९–२५ को फराकिले अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । खेलमा सुनसरीले धनकुटा विरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेका थिए ।

79f4b754-3070-4afd-ab5a-c1e02e7cc6c5

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठा म्यान अफ द म्याच घोषित भए । उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सिका माक्रेटिङ्ग म्यानेजर मनकुमार लिम्वुले ट्रफि प्रदान गरे ।

यसै गरि सोहि दिन भएको दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकको अन्तरले परजित गर्दै फाइनल प्रवेश गरेको छ ।

इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका इलमा बास्केटवल टिमका मनिस तामाङ घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हात वाट ट्रफि प्रदान गरिएको थियो ।

08b1edbd-da1c-4d36-bb1e-1fe24bb05d7e

सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको कोशी प्रदेश स्तरीय बास्केटवल प्रतियोगिताका विजेताले नगद रु. दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

असार ५ गते विहिवार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतवार डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

8ce22412-fd21-4db7-960b-399a001aa1d5