डायबिटिज च्याप्टर नेपालले विश्व हर्मोन डे अवसरमा मास्टर क्लास सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख १३ गते।
धराने मिडिया : इटहरी स्थित सोल्टी होटलमा विश्व हर्मोन डेको अवसर पारेर “पहिलो इन्टरनल नेपाल वर्ल्ड हार्मोन डे मास्टर क्लास २०२६” भव्य रूपमा सम्पन्न भएको छ।
Diabetes Chapter Nepal र डायबेटिज च्याप्टर धरानद्वारा आयोजना गरिएको उक्त एकदिने कार्यशालामा कोशी प्रदेशभरिका करिब ३ सय भन्दा बढी डाक्टर तथा नर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन B.P. Koirala Institute of Health Sciences (बीपी प्रतिष्ठान) का मेडिसिन विभाग प्रमुख तथा हार्मोन विशेषज्ञ प्रा. डा. रविन मास्केले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रममा Nobel Medical College, Birat Teaching मेडिकल कलेज, Koshi Hospital, र BMC medical college लगायतका प्रतिष्ठित स्वास्थ्य संस्थाका विशेषज्ञ डाक्टरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम दुई प्रमुख शैक्षिक सत्रमा विभाजित गरिएको थियो। पहिलो सत्रमा ब्याचलर तहका विद्यार्थीहरूका लागि इन्डोक्राइनोलोजीसम्बन्धी हाजिरजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो, जसको क्विज मास्टर प्रा. डा. रविन मास्के रहनुभएको थियो। दोस्रो सत्रमा एमबीबीएस तहका डाक्टरहरूबीच प्रतिस्पर्धात्मक क्विज कार्यक्रम सञ्चालन गरिएको थियो, जसलाई बीपी प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. अविनाश राईले सहजीकरण गर्नुभएको थियो।

उक्त प्रतियोगितामा विभिन्न मेडिकल कलेजहरूका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। एमबीबीएस तहमा Nobel Medical College प्रथम हुने डाक्टरहरू डा. सागर अधिकारी, डा.शेखर पोखरेल, सागर अधिकारी, निशान, थापा र जिया खान भएका थिए भने दोस्रो विजेता स्थानमा उत्तम मैनाली राकेश मण्डल भएका थिए।
त्यसैगरी ब्याचलर तहमा B.P. Koirala Institute of Health Sciences प्रथम स्थान हासिल गर्न सफल डाक्टरहरू आरती गौतम बन्दना राउत दीपक कार्की ,सुगम सरु भनेका थिए। दोस्रो विजेता टिम प्रतिष्ठानका डाक्टर मनिष तामाङ, प्रवेश अधिकारी, राकेश वर्मा सन्तोष पोख्रेल भनेका थिए।
प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।
आगामी वर्षमा पनि डायबिटिज च्याप्टर धरान र डाइबिटिज च्याप्टर नेपालको सहकार्यमा डक्टर नर्सहरूलाई एकसाथ राखेर बिमारीलाई कसरी सहुलियत हुन्छ र कसरी टेक केयर गर्न सकिन्छ भनेजस्ता प्रशिक्षण आगामी वर्षहरूमा पनि गराइने डाक्टर रबिन मास्केले बताउनुभयो।
कार्यक्रममा डायबेटिज र हार्मोनसम्बन्धी विभिन्न विषयमा प्रा. डा. रविन मास्के तथा डा. ओमप्रकाश शाहले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा विशेषगरी इन्सुलिन प्रयोग, मात्रा निर्धारण, तथा बिरामीलाई सही तरिकाले परामर्श दिने विधिबारे विस्तृत जानकारी दिइएको थियो। ग्रामीण क्षेत्रमा रहेका बिरामीहरूमा इन्सुलिन प्रयोगसम्बन्धी ज्ञानको अभाव भएकाले स्वास्थ्यकर्मीहरूले सचेतना बढाउनुपर्नेमा जोड दिइयो।

विशेषज्ञहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै असन्तुलनका कारण डायबेटिजजस्ता जटिल रोगहरू बढ्दै गएको उल्लेख गरे। नेपालमा करिब ८ प्रतिशतभन्दा बढी जनसंख्या डायबेटिजबाट प्रभावित रहेको तथ्यांक प्रस्तुत गर्दै २५ वर्षमाथिका व्यक्तिहरूले नियमित स्क्रिनिङ गराउनुपर्नेमा जोड दिइयो। साथै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा तथा तौल नियन्त्रणले यस्ता रोगहरूबाट बच्न सकिने सुझाव दिइएको थियो।
कार्यक्रममा विभिन्न औषधि तथा इन्सुलिन उत्पादन कम्पनीहरूले प्रायोजन गरेका थिए, जसमा Quest Pharmaceuticals Pvt. Ltd. लगायत अन्य कम्पनीहरू रहेका थिए।
आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई अझ व्यापक बनाउँदै विभिन्न स्वास्थ्य क्षेत्रका जनशक्तिलाई समेटेर मनाउने योजना रहेको छ। साथै Diabetes Chapter Nepal धरान च्याप्टरले सदस्यता विस्तार गर्दै डाक्टर, नर्स तथा सर्वसाधारणलाई समेत सहभागी गराउने लक्ष्य लिएको जानकारी दिइएको छ।

उक्त कार्यक्रममा मेडिसिन विभागका वरिष्ठ हार्मोन र डायबेटिज डाक्टरहरूको उपस्थित रहेको थियो। बीपी प्रतिष्ठान मेडिसिन विभागीय प्रमुख रविन मास्के डा. अविनाश राई डा.पुरु कोइराला राकेश मण्डल विराटचिङ कोशी हस्पिटल उत्तरण मैनाली नबिल मेडिकल कलेजका डा. प्रतापकी रोए बीएमसी मेडिकल कलेजका अनिल के यादव बीएमसी मेडिकल कलेजका करण पोखरेल बिराटनगरका डा. कुशल बस्ती बीपी प्रतिष्ठानका डाक्टर अविनाश राई अजय यादव लगायतका डाक्टरहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा विभिन्न प्रतिष्ठित चिकित्सकहरूको उपस्थिति रहेको थियो, जसले यसलाई थप प्रभावकारी र ज्ञानमूलक बनाएको सहभागीहरूले बताएका छन्।




















