धरान छाता चोकमा नगर अस्पताल निर्माणको बाटो खुल्यो

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २६ गते

धराने मिडिया : धरान उपमहानगरपालिकामा लामो समयदेखि प्रतिक्षा गरिएको ‘नगर अस्पताल’ निर्माणका लागि कानुनी र प्राविधिक अड्चन हटेको छ ।

वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरान-१, छाता चोकस्थित कित्ता नम्बर २४ को १–४–१३–१ बिघा (८३५१.७० वर्ग मिटर) जग्गा नगर अस्पतालका लागि उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेसँगै अस्पताल निर्माणको बाटो खुलेको हो ।

स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालमार्फत सामान्य उपचार, आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका प्राथमिक स्वास्थ्य सुविधा सहज रूपमा उपलब्ध हुने विश्वास लिइएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रबाट आउने सेवाग्राहीलाई ठूलो राहत दिने बताइएको छ।

Dharan Health Post (4)