वीपी प्रतिष्ठान शनिवार र आइतबार २ दिन बन्द रहने
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २८ गते
धराने मिडिया : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेठ ८ गते देखी सरकारी निर्णय अनुसार सातामा दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा हुनेछ । प्रतिष्ठानका नवनियुक्त निमित्त कार्यालय प्रमुख डा.इन्द्रकुमार लिम्बुद्वारा आइतबार प्रकाशित सूचनामा उक्त कुरा जनाइएको छ ।
प्रतिष्ठान प्रशासनले सेवाको व्यवस्थापन, कर्मचारीको कार्यतालिका तथा प्रशासनिक सुधारलाई ध्यानमा राख्दै दुई दिने सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार नियमित प्रशासनिक सेवा आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ भने शनिवार र आइतबार सार्वजनिक बिदा रहनेछ।
यद्यपि आकस्मिक सेवा, इमर्जेन्सी, वार्ड सेवा, सघन उपचार कक्ष (ICU) लगायत अत्यावश्यक स्वास्थ्य सेवाहरू भने पूर्ववत् सञ्चालनमै रहने प्रतिष्ठानले जनाएको छ।




















