नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन

समाचारदाता : गोपाल पौडेल

काठमाडौं, २०८३ साउन ९ गते।

धराने मिडिया : सरकारले नेपाल स्काउटका राष्ट्रियदेखि स्थानीय तहसम्मका सबै परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल स्काउटमा रहेका राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद् तथा सम्बन्धित सबै कार्यकारी समितिहरू विघटन गरिएका हुन्। उक्त निर्णयसँगै हाल कार्यरत पदाधिकारीहरूको जिम्मेवारी पनि स्वतः समाप्त भएको छ।

नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो ।

नेपाल स्काउट देशभर विद्यालय तथा समुदायस्तरमा चरित्र निर्माण, नेतृत्व विकास, स्वयंसेवा, विपद् व्यवस्थापन र सामाजिक सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको संस्था हो। सरकारको पछिल्लो निर्णयले संगठनको भावी संरचना र सञ्चालन प्रणालीमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।