नुहाउने क्रममा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

संखुवासभा, २०८३ साउन ७ गते।

धराने मिडिया : संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित सभाखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो २ः५० बजेतिर सभापोखरी–६ स्थित खोलामा नुहाउने क्रममा सभापोखरी–३ का तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकीलाई बेपत्ता बनाएको थियो।

घटनापछि खोजीका क्रममा पाँचखपन नगरपालिका–१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्यामको पश्चिमतर्फ ढुंगामा उनको शव अड्किएको अवस्थामा फेला परेको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।

शवको पोस्टमार्टम र कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ।