धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ ।
धरान रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ फाइनल प्रवेश गरेको हो ।
टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम गिरीको प्रहार गोलमा परिणत भएपनि पाँचौं तथा निर्णायक प्रहार गरेका मिलन लिम्बुको प्रहार मोरङका गोलकिपर पुर्ण चेम्जोङले रोकेका थिए ।
खेलको म्यान अफ द म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित भए ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरो टिम एनआरटी बिच हुनेछ ।