धरान: २४ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको दोश्रो सेमिफाईनल खेलमा एनआरटि (न्यूरोड टिम, काठमाण्डौ) फाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई ट्राईब्रेकरमा ५-४ ले हराउदै एनआरटि फाईनल प्रवेश गरेको हो ।


निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित उक्त खेलमा झापाको तर्फबाट जर्सी न २ का जीवन गुरुङको पासमा जर्सी न ४ का बिदेशी खेलाडी फोडा फेफाने खेलको पहिलो हाफको ४३ औ मिनेटमा गोल गरेका थिए भने लगतै खेलको ४५ औ मिनेटमा एनआरटीका जर्सी न १४ का सरोज तामाङले २० याडको दुरिबाट फ्री किक हान्दै गोलमा परिणत गरेपछी खेल पहिलो हाफ्मा बराबरी भएको थियो ।


खेलको म्यान अफ द म्याच एनआरटिका सरोज तामाङ घोषित भए । उनले नगद १० हजार र जर्सी प्राप्त गरे ।


चैत ३ गते शनिबार हुने फाईनल खेल एनआरटी काठमाडौ र सङ्गीलाका बिच दिउँसो ठिक १:३० बजे हुने आयोजकले जनाएको छ ।