धरान: २४ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइन खेल आज हुँदै छ । फाइनल खेल काठमाडौका एनआरटी फुटबल क्लब र मोरङ फुटबल संघ बिच हुनेछ । धरान १६ स्थित रंगशालामा दिउँसो ठिक १.३० मा खेल संचालन हुने आयोजकले जानकारी दिएको छ ।


शुक्रवार रङ्गशालामा पत्रकार सम्मेलनमा फाइनलमा पुगेको दुवै टिम एनआरटी र मोरङले गोल्डकप उपाधि चुम्ने दाबी  गरेका छन् ।


प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार हात पार्नेछन् ।