धरान : पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दै निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन गर्न पाइने जानकारी दिए ।

उनले बेगनास तालमा ‘क्रुज सिप’ सञ्चालन गर्ने, पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरामा एउटा ध्यान केन्द्र निर्माणको घोषणा गरे ।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म ‘सटल बस’ सेवा सञ्चालन गर्ने उनले बताए ।