धरान : धरान उपमहानगरपालिकामा विभिन्न वडामा खानेपानीको समस्य सुरु भएको छ ।

धरान वडा न. ७, ९, १२, १५ को विभिन्न टोलमा पानी नआएको धेरै भो । पानी आउन छाडेपछि आइतबार पानी नआएको गुनासो लिएर वडावासी धरान उपमहानगरपालिका पुगे । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष रहेका नगर प्रमुख हर्क राज राईलाई भेटे । नगर प्रमुख राईले पाइप लाइनको समस्याका कारण पानी नआएको बताउँदै वडावासीलाई पानी आउने आश्वासन दिए ।

धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेल भन्छन्, "सुख्खा याममा पानी अभाव हुनु स्वभाविक हो ।"

धरानमा बर्सेनि बसोबास बढेको कारणले पनि खानेपानीको समस्या चुलिँदै गएको हो । धरानमा  दैनिक ८–१० वटा खानेपानीको धारा जडानका लागि आउने गरेको छ ।

धरानमा खानेपानीको दीघर्कालीन समाधान चाहिँ के होला ?

कोशी प्रदेशसभाका सदस्य विजयकुमार राई भन्छन्, "कोशी वा तमोरबाट नै पानी ल्याउनुपर्छ, त्यसका लागि स्थानीय सरकारले तीनै तहका सरकारसग समन्वय गर्नुपर्छ ।"

कोशीको परियोजनाका लागि वातावरणीय प्रभाव अध्ययन गर्न बाँकी छ ।