गृहमन्त्रीको निर्देशनपछि प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्पहरु चौबीसै घण्टा खुला रहने


धरान : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोलपम्पहरु अब चौबीसै घण्टा खुला रहने भएको छ ।

यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि चौबिसै घण्टा सञ्चालन हुने भएका छन ।