धरानमा भारतका ओडिसी नृत्यको प्रर्दशण

धरान : भारतिय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले २७ मार्च २०२४ बधुवारको दिन यस पिपिओ धरानको प्राङ्गनमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद अन्तरगत (स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र) सांस्कृतिक सम्पदाको धनी भारतका चर्चित ओडिसी नृत्य भव्यरुपमा प्रदर्शण गरेका थिए । सोहि अवसरमा पुर्वाञ्चलको संस्कृती झल्किने राई जातीको सांस्कृतिक नृत्य साकेला साथै नेपाली नृत्य प्रस्तुत गरेका थिए । 

भारतीय राजदुतावासद्वारा आयोजना गरेको उक्त सांस्कृतिक नृत्य कार्यक्रमलाई सम्माननिय मुख्यमंन्त्री श्री केदार कार्की ज्युबाट  दीप प्रज्जलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो । उक्त सांस्कृतिक नृत्य कार्यक्रमलाई भारतीय राजदुतावासका राजनितिक विभागका प्रथम सचिव प्रिया दर्शणी आरले सम्बोधन गर्नुभएको थियो ।

सांस्कृतिक नृत्य कार्यक्रमको सम्हारोहलाई सम्माननिय मुख्यमंन्त्री श्री केदार कार्की ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो । कुनै पनि देशको सांस्कृतिक नृत्य कलालाई माया र सदभावको दृष्टिकोणले हेरिने भएको हुनाले सो सांस्कृतिक नृत्य कार्यक्रममा पुर्वाञ्चलका अति विशिष्ट व्यक्तित्व जनसमुदायहरुको उपस्थितिे थियो ।

उक्त सांस्कृतिक नृत्य कार्यक्रममा नेपाल सरकारका निवर्तमान शिक्षा मन्त्री माननीय  श्री अशोक राई, सङ्‍घीय संसद माननीय श्री सुशीला श्रेष्ठ, कोशी प्रदेश सभासद माननीय  श्री विजय कुमार राई र माननीय  श्री रमेश बस्नेत, धरान उपनगरपालिकाका उपमेयर आईन्द्र विक्रम वेघा, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङ, शसस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक ऋन्जानी कुमार पोख्रेल, नेपाल अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक किशोर श्रेष्ट, निवर्तमान धरान उपनगरपालिकाका मेयर तिलक राई, चिकित्सक वर्ग, हत्तिसार क्याम्पसका सहचिफ बबीता अधिकारी, पुर्वाञ्चल क्याम्पसका चिफ  काजी राम कार्की, उध्योग वाण्जियसंग प्रमुख बिजय कुमार श्रेष्ट, व्यापारी वर्ग, राजनितीज्ञ्य, स्थानीय बुध्दीजिवी, साथै भू पूहरुको बाक्लो उपस्थिति थियो ।   

कार्यक्रमको समापनमा आफनो बहुमुल्य समय निकाली पाल्नु भएको विशिष्ट व्यक्तित्व र अथिति गणहरुमा भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाद्वारा पुर्वाञ्चलका भारतीय भू पू र तिनका आश्रीतहरु प्रति साथै नेपालप्रति भारत सरकार सधै सहयोग र सदभाव राख्नेछ भन्दै धन्यवाद दिनुभयो ।