चेल्सीद्वारा म्यान्चेस्टर युनाइटेड ४-३ गोल अन्तरले पराजित

धरान : प्रिमियर लिगमा गए राति भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।

खेलको चौंथो मिनेटमा गोल गर्दै चेल्सीलाई कप्तान कोनोर गालाघरले अग्रता दिलाएका थिए ।

त्यस्तै २०औं मिनेटमा चेल्सीका खेलाडी पाल्मरले पेटाल्टीमा गोल गरे। खेलको ३४औं र ३९औं मिनेटमा एलेजान्ड्रो गार्नाचो र ब्रुनो फर्नान्डिसले क्रमशः गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

युनाइटेडका गार्नाचोले ६७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर, खेलको स्टपेज टाइमको १०औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल गर्दा फेरि एकपटक खेल बराबरीको अवस्थामा पुग्यो ।

त्यसको १ मिनेटपछि पाल्मरले गोल थप्दै ह्याट्रिक गरेपछि चेल्सीले जित हात पार्‍यो ।