वैसाख २२ देखि पानबारी गोल्डकप फुटबल आयोजना हुने

धरान : पानबारी गोल्डकप फुटबल प्रतियोगिता यहि बैशाख २२ देखि २९ गते सम्म हुने भएको छ । पानवारी फुटबल क्लबको आयोजनामा प्रथम पानबारी गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने क्लबले जनाएको छ ।

प्रतियोगितामा पानवारी फुटबल क्लब, केएफसी मोरङ, बुल्स ११ इटहरी, योङ ब्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआईएफसी काठमाण्डौंलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया, दोस्रो हुनेले ५५ हजार प्राप्त गर्नेछन् ।

क्लबका अध्यक्ष कृष्णकुमार राईले पानबारी फुटबल क्लब गठन भएको एक वर्ष पनि नपुग्दै विधिवत् रूपमा दर्ता भएर अन्तर्राष्ट्रिय स्तर सम्म सहभागिता जनाउन सफल भएको बताए ।