गृहमन्त्रीकाे नयाँ वर्षकाे सुरुवात सडकबाट

धरान : उपप्रधान एवं गृहमन्त्रीकाे रवि लामिछानेकाे नयाँ वर्ष सुरुवात सडकबाट भएको छ । उनले काठमाडाैंकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना गरेका थिए ।

ड्युटीमा रहेका प्रहरीलाई मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न पनि आग्रह गरे ।

नयाँ वर्ष २०८१ सालको सुरुवात जनतालाई लड्डु बाँड्दै, शुभकामना व्यक्त गर्दै गर्दा "नेता होस् त यस्तो जनतासँग घुलमिल भएर काम गर्न सक्ने" भन्दै आम सर्वसाधारणले उनको तारिफ सम्म गरे ।