सुनुवार सेवा समाजको दोस्रो प्रदेश सम्मेलन धरानमा

धरान : सुनुवार सेवा समाजको प्रदेश १ दोस्रो सम्मेलन वैशाख ८ गते शनिवार हुने भएको छ ।

समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो ।

प्रदेश सम्मेलनले पहिचान र सङ्घीयतालाई जोड दिँदै पहिचान सहितको प्रदेश १ को नामकरणको लागि दबाब मूलक कार्यक्रम तय गर्ने बताइएको छ ।

सुनुवार भाषा बोल्ने सङ्ख्या कम रहेकाले समाजले भाषा र जाती जोगाउन सुनुवार समाज लागि परेको उनले बताए ।

सम्मेलनमा करिब ३ हजारको सहभागिता हुने अनुमान गरिएको आयोजकको भनाई छ ।

उद्घाटन सत्रको प्रमुख अतिथि प्रदेशका स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवार रहनेछन् भने भोलीपल्ट (आइतबार) बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने व्यवस्थापन समिति संयोजक टार्जन सुनुवारले जानकारी दिए ।