राष्ट्रपति पौडेल-कतारका अमिरबीच भेटवार्ता
धरान : कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएकाे छ । मंगलबार बेलुकी राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच छलफल भएकाे हाे ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनिभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए ।
भेटवार्तापछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
होटल सोल्टीमा आज उनका लागि राष्ट्रपतिद्वारा रात्रीभोज आयोजना गरिएकाे छ ।