इलाम २ उपनिर्वाचनको मतगणना सुरु

धरान : इलाम २ उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

मतगणना इलाम नगरपालिका– ७ स्थित गौतमबुद्ध सभागृहमा हुँदैछ । सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको हो ।

शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए।

इलाम २ मा करिब ६० प्रतिशत मत खसेको छ ।