इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

धरान : इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले  २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका हुन । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत सहित पराजित भएका छन् ।

५ हजार ८३० मत अन्तरले सुहाङ विजयी भएका हुन ।

१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्‍यो ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए ।

निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको थियो।