विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धरानमा प्रभात फेरी कार्यक्रम
धरान : विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा धरानमा प्रभातफेरि कार्यक्रम गरिएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीद्वारा आयोजित प्रभातफेरि कार्यक्रम धरान उपमहानगरपालिकाको कार्यालय देखि शुरु भई चतरा लाईन, छाता चोक हुँदै भानुचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
नेपालमा पहिलो पटक प्रेस स्वतन्त्रता दिवसको शुरुवात २०५४ (सन् १९९८) सालदेखि धरानबाट शुरु गरिएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । नेपालको विभिन्न आन्दोलनमा पत्रकार महासंघले प्रमुख भुमिका खेलेको उहाँले बताए ।
प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता जब सम्म हुँदैन तब सम्म प्रजातन्त्र, लोकतन्त्रको सम्भावना हुँदैन भन्न्ने जरुरी रहेकोले २०४६ सालको आन्दोलन र दोस्रो जन जन्दोलनमा पत्रकार महासंघले नेतृत्व गरेकोे बरिष्ठ पत्रकार सुब्बाले बताए ।
त्यस्तै गरि धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले भने,"जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ, जहाँ प्रेस स्वतन्त्रता हुदैंन त्यहाँ लोकतन्त्र बच्न सक्दैन भन्ने मुल्य र मान्यताको साथ लोकतन्त्रको अभिन्न अंग, लोकतन्त्रको जिवन्त अंगको रुपमा प्रेस स्वतन्त्रता अंगाल्नुपर्छ र जे जो हो त्यही सुचना सम्प्रेषण गर्ने र सहि सुचना चाँही प्रवाह पत्रकारहरुले गर्नुपर्छ ।"
पछिल्लो समय धरान चर्चाको विषय भएको छ । धरान हरेक कुराको उर्वर, सृजनशिल रहेको ठाउँ हो तर पछिल्लो समय धरानमा अराजकता भएको छ, सुचना सम्प्रेषण धेरै भएको छ तर सहि सुचना कुन हो भन्ने एकिन नहुने भएको निवर्तमान नगर प्रमुख तिलक राईले बताए ।
हाल सञ्चार माध्याम व्यापारको माध्यम भएको छ जुन अनलाईनमा देखेको समान लिए जस्तै निल्नुन ओकल्नु भएको उहाँले बताए । त्यसैले मुलधारको छापाखााना, सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्वक आफ्नो कार्य गर्न सबै पत्रकारहरुलाई निवर्तमान नगर प्रमुख राईले आग्रह गरे ।
पत्रकार भनेको ऐना हो समाजका भएका राम्रा नराम्रा कुराहरुको सम्प्रेषण गर्न र हरेक काम, आन्दोलनहरुमा पत्रकारको प्रमुख भुमिका हुने प्रदेश साँसद विजय कुमार राईले बताए । पत्रकार व्यक्ति पार्टीको हुनुहुँदैन पत्रकार भनेको स्वतन्त्र हुनुपर्ने उहाँले भने ।
नेपाल पत्रकार महासंघ सुनसरीको सचिव ध्रुव ढकालले सञ्चालन गरेकोे उक्त प्रभातफेरीमा कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, निवर्तमान नगर प्रमुख तिलक राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, लगायत सञ्चारकर्मीहरु, राजनितिकर्मी, संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थिए।