मेयर राईको कार्यकक्ष घेराउ ( भिडियो सहित )

धरान : वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क राज राईको कार्यकक्षमा घेराउ गरेका छन् ।

वडाबासीहरुले विगत अढाई महिनादेखि पानीको चरम अभाव खेप्नु परेको र वडामा पानीको चरम अभाव भएकोले ट्यांकरबाट पनि वितरण गर्ने गरेको तर पर्याप्त नहुने वडाअध्यक्ष यज्ञमणी आचार्यले बताए ।

वडाबासीहरुलाई मेयर राईको कार्यकक्षमा प्रवेश गर्न पनि दिइएको थिएन । कार्यकक्ष बाहिरै रोकेपछि वडाबासीहरु आक्रोशित पनि भएका थिए ।

"हामीले मेयर भेट्न पाउनु पर्छ" "राजा हो कि मेयर हो !?" भन्दै आक्रोश बढ्दै गएपछि मेयर राई कार्यकक्ष बाहिर आएर संक्षिप्त कुराकानी गर्दै पानी पठाउने आश्वासन दिएपनि वडाबासीहरुले चित्त बुझाएका थिएनन् ।