धरान १७ लाई सुवास स्मृति सुपर-८ फुटबलको उपाधि

धरान : तेश्रो सुवास स्मृति सुपर-८ फुटबल कपको उपाधि धरान-१७ ले चुमेको छ । सोमवार भएको फाइनल खेलमा धरान १७ ले टाइब्रेकरमा धरान १४ लाई हराउँदै उपाधि चुमेको हो । 

आइतबार वर्षाका साथै अँध्यारो भएकोले फाइनल खेल निर्णय नभई स्थगित भएको थियो ।

खेलको निर्धारित समयसम्म दुवैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा धरान १७ ले धरान १४ लाई ५-४ गोलले पछि पार्‍यो ।

धरान १७ का तर्फबाट मिलन राई, कृष्ण राई, फुर्वा तामाङ, दिनेस खड्का र पासाङ तामाङले गोल गरेका थिएभने धरान १४ का तर्फबाट विपिन श्रेष्ठ, आशिष पुरी, बिनोद राई, र विवेक राईले गोल गरेका थिए । धरान १४ का खेलडी आमोस लिम्बुको प्रहार बाहिरिएको थियो।

उपाधिसँगै धरान १७ ले २ लाख ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात परेको छ । धरान १४ ले उपविजेतामा चित्त बुझाउँदै १ लाख ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।