पुर्वजनप्रतिनिधिहरुले मेयर राईलाई ध्यानाकर्षण पत्र, जवाफ येस्तो ( भिडियो सहित )

धरान : धरानका पूर्व जनप्रतिनिधिहरूले मेयर हर्क  राज राईलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । स्वतन्त्ररुपमा निवार्चित धरानका मेयर राईलाई बुधबार कार्यकक्षमा भेटेर पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

धरानमा भएको खानेपानीको हाहाकार, धरानमा बिग्रिएको सामाजिक सद्भाव, श्रमदानको पारदर्शिता र दिगोपना, पुराना योजनाहरूको निरन्तरता, भ्रष्टाचार छानबिन लगायतका विषयमा पूर्व सांसदहरू, प्रदेश सभामुख, पूर्व मेयर, पूर्व उपमेयरहरू सहितको टोलीले मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन।

धरान स्थापनाकालदेखि नै बहुल सँस्कृति, बहुल सभ्यताको परिचयनका साथ समृद्धिको बाटोमा अघि बढीरहेको तर मेयर राईले सामाजिक सञ्जालमा अभिव्यक्त विचार, क्रियाकलापले धरानको सामाजिक, धार्मिक, साँस्कृतिक सद्भाव र सहिष्णुतामा मनोवैज्ञानिक आँच आएको र यस्तो भावना, विचारले धरानको विकास र समृद्धिमा दीर्घकालिन असर पर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।