चट्याङ लागेर १ जनाको मृत्यु

धरान : झापाको अर्जुनधारा नगरपालिका- २ चौरासे स्थितमा चट्याङ लागेर स्थानीय ५४ बर्षीय मोहन प्रसाद दुलालको मृत्यु भएको छ । 

दिउँसो ५ बजे घर नजिकै मकै बारीमा मल लगाउदै गरेको अबस्थामा अचानक परेको चट्याङले लागी घाईते भएका दुलाललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।