कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट

धरान : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

बिहीबार दिउँसो कोशी प्रदेशमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति विरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दर्ता गराएका हुन् ।

दर्ता गरिएकाे रिटमा कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले गरेको आव्हान असंवैधानिक भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरिएको छ।

कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग पनि गरेका छन् ।