धरान रनले मनायो १३ औं वार्षिकोत्सब

धरान : धरान रनले शनिबार विहान आफ्नो १३ औं वार्षिकोत्सब मनाएको छ ।

धरान रन स्थापना भएको १३ वर्ष पूरा भएको सो अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका वडा न. ८ का वडा अध्यक्ष धन बहादुर राई थिए भने अन्य अतिथिमा धरानका निवर्तमान मेयर तिलक राई, पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सुनसरी फोटो पत्रकारका अध्यक्ष  बिकास चाम्लिङ राई थिए ।

सो कार्यक्रममा प्रमुख अतिथी रहेका वडा न. ८ का अध्यक्षले धन्यवाद तथा शुभकामना प्रधान गरेका थिए ।

धरान रनको १३ औं वार्षिकोत्सब प्रमुख अतिथी तथा अन्य अतिथीद्वारा केक काटेर सुरु गरिएको थियो ।

केक काटेपछि धरान रनको नियमित हुने दौड प्रतियोगिता सुरु गरिएको थियो ।