केराबारी फुटबल क्लब बन्यो प्रथम पानवारि गोल्डकपको विजेता

धरान : धरान-६ पानवारी स्थित बाजिपा खेल मैदानमा भएको प्रथम पानवारि गोल्डकपको विजेता केराबारी फुटबल क्लब हुन सफल भएको छ ।

गत बैशाख २२ गते बाट सुरु भई शनिबार सम्पन्न फाईनल खेलमा चौबीसे सामुदायिक बिकास सुचना केन्द्र फुटबल क्लब(सिसिडीआईसि ) धनकुटालाई २-० गोलले हराउँदै उक्त उपाधी हात पारेको हो ।

सि.सि.डि.आई.सि धनकुटाले पटक पटक गोल गर्ने अवसर पाए पनि मौका चुकाउँदा केराबारी फुटबल क्लब मोरङले उपाधि हात पारेको हो ।

बिजेता केराबारी नगद १ लाख ११ हजार १ सय ११ रुपैया संगै ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । 

उपबिजेता सि.सि.डि.आई.सि धनकुटाले नगद ५५ हजार ५ सय ५५ संगै ट्राफी र मेडल प्राप्त गरे।

खेलको म्यान अफ द म्याच केराबारी मोरङका भुवन बस्नेत घोषित भए ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी प्रबेश बस्नेत घोषित भए भने खेलमा राईजिङ प्लेयर मनिष लिम्बू घोषित भए ।