सवारी दुर्घटना हुँदा  २ जनाको मृत्यु ५ जना घाईते


धरान मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

आइतबार  दिउँसो साढे २ बजे केराबारी गाउँपालिका-५ स्थितमा धरानबाट केराबारीतर्फ आउदै गरेको बा. ११ च २९२८ नम्बरको पिकअप भेनले विपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०२-००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका अटो चालक केराबारी-६ का ४५ बर्षीय मेख बहादुर मगरको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको थियो ।

दुर्घटना परी घाईते भएका अटोमा सवार ६० बर्षीय हरिमाया मगर, धरान-११ की ३० बर्षीया सिता मगर, १० बर्षीया प्रशुना मगर र ७ बर्षीय एग्रिल मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ठक्कर दिने भेन चालक बुढीगंगा गाउँपालिका-२ का ३२ बर्षीय शिब कुमार ऋषिदेवलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका-१ स्थित प्रदेश१-०२-०४३ प ७२५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना हुदा मोटरसाईकल चालक लेटाङका २५ बर्षीय दिपेश राई र पछाडी सवार उनकै श्रीमती २१ बर्षीया ललिता राई मगर घाईते भएका थिए । 

घाईते उनिहरुलाई उपचारको लागि मदन भन्डारी अस्पताल ट्मासेन्टर उर्लाबारी लगिएकोमा उपचारको क्रममा चालक राईको मृत्यु भएको हो भने श्रीमती मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।