महिला तर्फ आइएसए नेपाल, धरान मेघा, इमोर्टल र रेडडेभिल्स सेमिफाइनल प्रवेश

धरान : दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको महिला तर्फको समिकरण सोमवार पुरा भएको छ ।

सोमवारको भएको खेलमा आइएसए नेपालले प्रतियोगीताको तेस्रो जित निकाल्दै ए पोल समुह विजेता वन्दै सेमिफाइनल प्रवेश गरेका छन । 

वि पोल तर्फ दुवै खेलमा जित निकाल्दै रेडडेभिल्स समुह विजेता वनेर सेमिफाइनल प्रवेश गरेका छन । 

आइएसए नेपालले सोमवार भएको खेलमा युवा जागृति क्लवलाइए ४९-१० र रेडडेभल्सले इलुजन झापालई २२-१३ अंकले पराजित गरेका थिए । 

Albabeta basketball2

वि पोल समुहमा रहेका इलुजनले दुवै खेल गुमाए पछि इमोर्टल एक जित निकाल्दै उपविजेता वनेर सेमिफाइनल प्रवेश गरे । इमोर्टलले अघिल्ले दिन आइतवार भएको खेलमा इलुजनलाई पराजित गरेका थिए ।

यसै गरि एक हार, दुइ जित निकालेका धरान मेघा कलेजले तरहरालाई ५४-१४ अंकले पराजित गर्दै ए पोल समुहमा उपविजेता वनेर सेमिफाइनल प्रवेश गरेका छन । 

सेमिफाइनलमा ए पोलका विजेता आइएसएले वि पोलका उपविजेता इमोर्टल र वि पोलका विजेताले ए पोलका उपविजेता धरान मेघा संग प्रतिश्पर्धा गर्नेछ ।

यसै गरि पुरुष तर्फ युवा जागृति र होराइजन क्लवले जित निकालेको छ । 

Albabeta basketball

सोमवार भएको खेलमा युवा जागृतिले तरहरा ए टिमलाई ५४-४९ र होराइजनले तरहरा वि टिमलाई ६०-४४ अंकले पराजित गरे । भोलिको खेल पुरुष तर्फ डिपो कलेज र युजिए, धरान १३ र मिराकल, होराइजन क्लव र यलम्वर क्लव, व्रदस र इमोर्टल क्लव विच प्रतिश्पर्धा हुनेछ । 

महिला तर्फ भने आइएसए नेपाल र इमोर्टल विच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको सम्पुणर् खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ ।

Albabeta basketball1