दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम

धरान : दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको पुरुष तर्फ इमोर्टल क्लव सेमिफाइनल प्रवेश गर्ने पहिलो टोलि वनेका छ ।

 मंगलवार इमोर्टल र व्रदस विच भएको अत्यन्त्य प्रतिश्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन । 

खेलमा इमोर्टल र व्रदसले प्रत्येक क्वाटरमा ११–१३, १२–१७, १७–११ र १९–१२ अंक जोडेका थिए ।

यसै गरि सोहि दिन भएको अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेका छन । 

मंगलवार भएको खेलमा डिपोले युनाइटेड गोर्खालाई २९–२१, मिराकलले धरान १३ लाई ४९–१६ र यलम्वरले होराइजनलाई ५१–४७ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका हुन । 

खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११–४, ४–४,३–४ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११–२, १०–६, १२–७ र १६–४ जोडे । albabeta basketball 1

यसै गरि प्रतिश्पर्धात्मक भएको तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८–१५, १४–१४, ९–९ र १०–९ अंक जोडेका थिए ।

वुधवार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्ड संग प्रतिश्पर्धा गर्नेछ । महिला तर्फ भने सेमिफाइनल खेलको समिकरण यस अघि नै पुरा भइसकेको छ । 

महिला तर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाण्डौ र इमोर्टल विच फाइनलका लागि प्रतिश्पर्धा गर्नेछ । सेमिफाइनल खेल जेष्ठ ३ गते हुनेछ ।

 प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६  स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ ।