नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई

धरान : नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासंघको प्रथम अधिवेशनवाट राई सर्वसम्मत निर्वाचित भएको हो । 

राईसंगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएको छ ।

उपसभापतिद्धयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्धयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्धयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित भएको छ ।

त्यसैगरी सदस्यहरुमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्वु, पुकार तामाङ, मोहित राई, दिलकुष्ण तामाङ, धनमाया लिम्वु, संगिता सुनुवार लिम्वु र निर्मला राई रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्धय ललिता अधिकारी शर्मा र पुजा धामी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।