अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लवले चुमे

धरान :  धरान बास्केटवल संघको आयोजना तथा संयोजनमा आयोजित दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लवले चुमेको छ ।

इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा संपन्न फाइनल खेलमा इमोर्टल क्लवले यलम्वर क्लवलाई ७५-५६ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । 

सहज जित निकाल्न सफ इमोर्टलले प्रत्येक क्वाटरमा यलम्वर विरुद्ध १५-१२, २१-११, २१-१५ र अन्तिम क्वाटरमा १८-१८ अंक जोडेको थियो ।

इमोर्टलले उपाधि संगै नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । इमोर्टलवाट उत्कृष्ट प्रदर्शन गरेका अभिशेक डंगोल प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपि उपाधि विजेता घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

उपविजेता वनेका यलम्वरले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरयो ।

यसैगरि महिला तर्फको खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९-३१ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । 

पहिलो क्वाटरमा ५-५ वरावर अंक जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११-१३ अंक जोड्दै पहिलो हाफमा मेघा कलेज १८-१६ अंकले अग्रता लिएका थिए । दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२-४ र चौथो क्वाटरमा ११-९ अंकको अग्रता वनाउदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । 

आइएसए नेपालले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सन्ध्या डंगोल प्रतीयोगिताको उत्कृष्ट खेलाडि पुरस्कार एमभिपि उपाधि विजेता घोषित भईन  । उनले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरिन । 

डंगोलले फाइनल खेलमा व्यक्तिगत २१ अंक जोडेकी थिईन । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताको राइजिङ्ग प्लेयर महिला तर्फ इमोर्टल क्लवका सुनिता राई र पुरुष तर्फ सविन राई घोषित भए  । सुनिता राईले नगद २ हजार ५ सय, र सविन राईले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका नगर प्रमुख  हर्कराज राई, सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि लगायतले वितरण गरेका थिए  ।