बसमा आगलागी हुँदा १० जनाको मृत्यु

धरान : भारतको हरियाणा नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्  ।

भारतीय प्रहरीका अनुसार ८ जनाको बसभित्रै जलेर मृत्यु भएको हो ।

बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बसमा करिब ६० जना सवार रहेको बताईएको छ । बसका ड्राइभर भागेका छन् । आगो कसरी लागेको भन्ने स्पष्ट भएको छैन ।

 कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो ।