राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना

धरान : इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।

हेलिकप्टरमा राष्ट्रपति रैसी सहित विदेशमन्त्री हुसेन अमिर बदोल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, पूर्वी अजरबैजानका गभर्नर मलिक रहमतीसहित सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अजरबैजानबाट फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको हेलिकप्टरको खोजिकार्य जारी रहेको बताइएको छ ।