‘टर्ब्युलन्स’ का कारण सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण, एकको मृत्यु

धराने मिडिया : बेलायतको लण्डनबाट सिङ्गापुरतर्फ उडेको सिङ्गापुर एअरलाइन्सको एउटा विमान टर्ब्युलन्सका कारण बैंककमा आकस्मिक अवतरण गरेको छ ।

सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३००इआर उडान भारतीय समय अनुसार दिउँसो २ः४५ मा लन्डनबाट उडेको थियो।

विमान आकाशमा निकै जोडसँग हल्लिएकाले एक जना यात्रुको निधन भएको छ । मृत्यु हुने ७३ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ ।

बताइएअनुसार अन्य ३० बढी घाइते छन् । ती मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

उडान भरेको ११ घण्टापछि खराब मौसमका कारण म्यानमारको हवाई क्षेत्रको ३७ हजार फिटमा एयर टर्ब्युलेन्समा फसेको थियो ।

२११ जना यात्रु र १८ जना चालकदलका सदस्य रहेको उक्त विमानभित्र भएको थप क्षतिबारे केही बताइएको छैन ।