धरानमा विद्युत सेवा अवरुद्ध

धराने मिडिया : धरान १९ हरियाली स्थित सबस्टेशन अगाडी रहेको रुख ढलि ३३ के.भि. लाईनको समरचना क्षति भएको छ ।

रुख ढलेका कारण धरान बितरण केन्द्र अन्तर्गत सम्पुर्ण क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।

धरानको हरियाली सामुदायिक वनको उत्तर तर्फ पर्ने सो सबस्टेशनमा अहिले मर्मतको काम भइरहेको छ ।

बर्षाद को बाबजुद मर्मतको टिम मर्मत कार्यको निमित्त खटिसकेको जानकारी प्राप्त भएको छ ।

मदन भण्डारी राजमार्गमा उक्त मर्मतको काम भइरहेको छ भने उक्त क्षेत्रमा यातायातमा अवरोध पुरेको छ । 

IMG-20240522-WA0009