गुजरातको राजकोट गेम जोनमा आगलागी हुँदा २८ जनाको मृत्यु

धराने मिडिया : भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकाहरू समेत छन् ।

शनिबार साँझ ४ः३० बजे बजेतिर टीआरपी गेम जोनमा आगो लागेको हो । आगलागी हुँदा बालबालिकासहित धेरै मानिसहरु खेल खेलिरहेका थिए ।

गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो ।

त्यहाका स्थानिय प्रहरी बताए अनुसार आगलागीको कारण अझै खुलेको छैन र विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ ।

हाललाई शहरका सबै गेमिङ क्षेत्रहरूलाई सञ्चालन रोक्न सन्देश जारी गरिएको छ ।

प्राप्त सुचना अनुसार त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ भने गेम जोनका सञ्चालकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ।

आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ ।