आज बजेट भाषण : करिब १९ खर्बको बजेट

धराने मिडिया : अर्थमन्त्री वर्षमान पुनले आज जेठ १५ गते मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउदै छन् । स्रोतका अनुसार यस वर्ष करिब १९ खर्बको बजेट घोषणा हुने बताइएको छ ।

चालु आर्थिक वर्ष २०८०-०८१ का लागि तत्कालिन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट घोषणा गरेका थिए ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।

यस वर्ष बजेटमा खेलकूद क्षेत्रको विकास र विस्तारमा विशेष जोड दिने, अन्तराष्ट्रिय प्रतियोगिता जित्ने खेलाडीलाई विशेष पुरस्कार वितरण गर्ने, जनयुद्धका घाइतेहरुको उपचारमा सुविधा दिने, सय वर्ष माथिका नागरिकको लागि विशेष सम्मान कार्यक्रम, उत्पादनमूलक उद्योगहरुलाई विशेष प्रोत्साहन गर्ने जस्ता अन्य कार्यक्रम समावेश गरिएको छ । 

सरकारले गत वर्षको भन्दा झण्डै डेढ खर्ब बढाएर आर्थिक वर्ष २०८१/८२ को लागि आज बजेट घोषणा गर्न लागेको हो ।