धरानको खानेपानी समस्या चाँडै समाधान हुन्छ : मन्त्री राई

धराने मिडिया : खानेपानीमन्त्री राजेन्द्र कुमार राईले खानेपानीको चरम अभाब खेपिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने बताउनुभएको  छ ।

शुक्रबार नेकपा एमाले धरानले आयोजना गरेको धरान खानेपानीको छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले सप्तकोसीबाट खानेपानी ल्याउन डिपिआर अन्तिम चरणमा पुगेको बताए । 

खानेपानीको आयोजनाको लागि ५ अरब ७२ करोड ५६ लाख बजेट समेत सुनिश्चित भइसकेको बताउँदै तत्काल टेन्डर अव्हान गरिने उहाँले जानकारी दिए ।

यसै क्रममा मन्त्री राई धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईको कार्यकक्षमा समेत भेटघाट गर्दै आगामी आर्थिक बर्षमा सप्तकोशीको पानी ल्याउने योजनामा डिपिआर सकेर लागत अनुमान गरी बजेट विनियोजन गरेको बताए ।

सप्तकोशी योजनाको डिपिआर वमोजिम बजेट समेत विनियोजन गरिएको मन्त्री राईले बताए । 

बजेटमा धरानको खानेपानीबारे उल्लेख नभएपनि सबै विषयहरुलाई राखेर सम्भव नहुने भएकोले केही विषयहरुलाई मात्र हाइलाइट गरिएको उहाँले बताए । आफ्नो कार्यकालमा धरानलाई पानी खुवाउने कुरामा प्रतिवद्ध रहेको मन्त्री राईले बताउदै भेटघाट कार्यक्रममा नगर प्रमुख राईले धरानको खानेपानी समस्याहरुको बारेमा ज्ञापन पत्र समेत बुझाएका थिए ।

धरानका राजनीतिक दलहरु बिच पनि खानेपानिको बिषयमा छलफल गर्नुभएको मन्त्री राईले चतरा कोशीबाट पानी ल्याउन आउने आर्थिक बर्षमा टेण्डर समेत हुनेमा सबैलाई आश्वसन दिए । 

छलफलमा धरानको खानेपानी समस्या क्रमशः समाधान गर्दै जाने मन्त्री राईले बताएका थिए ।

सबै भन्दा बढी नेपालको पहाडी जिल्लाहरुमा खानेपानीको चरम अभाव देखिएकाले खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने मन्त्री राईले बताए ।