दिपिका र सिद्धार्थलाई उत्कृष्ट खेलाडी अवार्ड

समाचारदाता (निशा राई)

धराने मिडिया : जुडो कुरासकी दिपिका अचार्ज  र टेबल टेनिसका खेलाडी सिद्धार्थ तामाङलाई धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी अवार्ड २०८० द्धारा सम्मान गरेको छ ।

शुक्रबार धरान खेलकुद मञ्चले एक कार्यक्रम गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक एवार्ड २०८० बाट सम्मान गरेको हो ।

उहाँहरुलाई जनही नगद रकम २५ हजार, अवार्ड र गिफ्ट ह्याम्पर प्रदान गरेको  हो । 

58f97ed0-5557-4318-845b-967ccac826ee

यसैगरी मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड फुटबल खेलाडी सुमन सेतेङ्बा लिम्बुलाई प्रदान गरेको छ । उहाँलाई नगद रकम ११ हजार, अवार्ड, गिफ्ट ह्याम्पर प्रदान गरेको हो । 

यसैगरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिएको छ ।

उहाँहरुलाई धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, नेपाली काँग्रेसका नगर अध्यक्ष श्याम पोख्रेल, नेकपा एसका धरान नगर अध्यक्ष रेवतिरमण राई लगायतले नगद रकम,अवार्ड गिफ्ट ह्याम्परले सम्मान गर्नुभएको थियो ।

33921165-6f0d-4305-b7ef-df411fb884f1

धरानमा सबै विधाका खेलकुदको विकासका लागी खेलकुदसंघ संगठनहरुको प्रतिनिधित्व गर्दे छाता संस्थाको रुपमा वि.सं.२०६७ सालमा खेलकुद मञ्च गठन भएको हो । 

धरानलाई खेलकुदको सहरको रुपमा चिनाउने खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गरेको आयोजक मञ्चका अध्यक्ष राईले बताए । यो कार्यक्रम वर्षैपिच्छे हुने समेत उहाँले बताए । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरुलाई एक्स्पोजर गर्नुपर्छ भन्ने उदेश्यले अवार्ड दिएको अध्यक्ष राईले बताए ।

001599c3-1b5b-49c6-958f-fcbfd5eba5a7

छनौट समितिका सचिव सुधिर सिं लिम्बुका अनुसार विभिन्न १० खेल विधामा १४ जनाको नाम थियो । छनौट समितिले बर्ष खेलाडी पुरुषतर्फ टेवल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम लिम्बु मनोनयन गरेको थियो भने महिलातर्फ जुडोक्रसकी दिपिका आचार्य र बक्सिङकी जुनु र प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा तामाङ मनोनयनमा परेको थियो  । 

a50766c6-8337-4351-ad71-9a0f920c6a5b

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

ad82f63a-5167-43b2-b679-6449fd1f57db