पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको थियो ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो । यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।