आईसीसी टी-२० विश्वकपको खेलमा डिभाइन वाइनले १ डट बल बराबर १० वटा बिरुवा धरानमा रोप्ने

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने  बताएको छ ।

खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक  बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।

सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको बिरुवाहरु श्रमसंस्कृतिको प्रणेता तथा धरानमा  बिरुवा रोप्ने अभियानमा लागेका  धरान उपमहानगरपालिकाको मेयर हर्क राईको अभियानलाई प्रदान गरिने छ।