२०२६ फिफा विश्वकप छनोट : नेपालले आज युएईविरुद्ध खेल्दै

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : फिफा विश्वकप २०२६  छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको थियो ।

खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आइतबार टोलीलाई  बिदाई गरेका थिए ।

नेपाली फुटबल टोलीमा : गोलकिपर (किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार), डिफेन्डर (अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई), मिडफिल्डर (भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई), फरवार्ड (जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान) रहेका छन ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो ।

फिफा वरीयतामा यूएई ६७औँ र नेपाल १७८औँ स्थानमा रहेको छ । खेल साउदी अरेबियाको प्रिन्स मोहमद विन मैदानमा राति पौने ९ बजे सुरु हुनेछ ।