एम्स एस.ई.ई रन २०२४ उपाधि "कार्की र खातवे" लाई

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : एम्स क्रिएटिब ग्रुपद्वारा आयोजित ४ किलोमिटर एम्स एस.ई.ई रन २०२४ को उपाधि शिव कार्कि र रिना खाङ खातवेले जित्न सफल भएका छन ।

aims see run 2024(1)aims see run 2024(7)

छात्र र छात्रा दुवै समूह अन्तरगत भएको प्रतियोगितामा छात्र तर्फ शिव कार्कि (प्रथम), दिपेन्द्र सुजि (दोस्रो), सन्जय राई (तेस्रो), उदय लिम्बु (चौथो) र युजल लिम्बु (पाचौ) भएका थिए । उनिहरुले क्रमशः (१३ः०१, १३ः२०, १३,३६, १४ः२५, १४ः५३)  मा यस दौड प्रतियोगिता पुरा गरेका थिए ।

त्यस्तै गरि छात्रा तर्फ रिना खाङ खातवे (प्रथम), आक़ृति राई (दोस्रो), प्रनिता तामाङ (तेस्रो), सनु राई (चौथो) र अथिति झा (पाचौ) भएकी थिइन । उनिहरुले क्रमशः (१९ः१५, २१ः४७, २२,३६, २३ः१२, २६ः२५)  मा यस दौड प्रतियोगिता पुरा गरेका थिए ।

aims see run 2024

aims see run 2024(3)

प्रतियोगितामा दुवै समुहबाट प्रथम हुनेले आयोजकको तर्फबाट +२ कलेजमा १०० % छात्रवृत्ति, दोस्रोले ७५% छात्रवृत्ति र तेस्रो हुनेले ५०% छात्रवृत्ति पाऊने छन भने यस दोड प्रतियोगितामा सहभागी हुने सम्पुर्ण प्रतिस्पर्धा विध्यार्थीले यस कजेलमा भर्ना शुल्कमा ५०% छुट प्राप्त गर्ने छन । 

aims see run 2024(5)

aims see run 2024(4)

यस कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडा, विशेष अतिथि महिला राष्ट्रिय फुटबल खेलाडी प्रिती राई, जिल्ला ट्राफिक प्रहरी धरान, नेपाल प्रहरी, विजयपुर हस्पिटल, रेड क्रसको उपस्थिति रहेको थियो ।

"स्वास्थका लागि दौड" भने मुल नाराका साथ सुरु भएको यस प्रतियोगितामा १५० भन्दा बढ़ि छात्र र छात्रा विध्यार्थीको सहभागिता रहेको थियो।

aims see run 2024(6)

aims see run 2024(2)