नरेन्द्र मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।

9758d571-2056-42dd-9ff2-b56c9b752be4

4f75239b-3df3-45f5-80cd-51abfb0cf0d0

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । मोदीले पहिलोपटक सन् २०१४ मा र दोस्रोपटक सन् २०१९ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।

0b363b08-144a-43a5-8fc7-5493f03ab549

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए । यसैगरी बंगालादेश, श्रीलंका, भुटान, सेसेल्स, मोरिसस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू पनि सहभागी रहेको थियो ।

5a1d41b9-4f60-444f-93b2-59bfccadd678