पोखरीमा डुवेर बालिकाको मृत्यु

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : इलामको चुलाचुली गाउँपालिका ४ स्थितमा रहेको ऐना पोखरीमा डुवेर स्थानिय १८ बर्षीया बिनिता जोगीको मृत्यु भएको छ । 

अपरान्ह स्थानिय मन ब. जोगी को छोरी १८ बर्षीया बिनिता जोगी,  बिष्णु लिम्बुको छोरी १८ कि रोजिना साम्बा लिम्बु र उनकै बहिनी  १७ कि रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउदै गरेको अवस्थामा रोजिना साम्बा लिम्बु पोखरीको डिलबाट चिप्ली पोखरीमा खस्न लाग्दा उनलाई  हातमा समाती निकाल्ने क्रममा बिनिता जोगी एक्कासि हुत्तिएर पोखरीमा डुबि मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकी पेल्टीमारीमा प्राप्त हुनासाथ प्रहरी टोली खटि JCB को सहायताले पोखरीको पानी बाहिर निकाली बालिकालाई मृत अवस्थामा फेला पारेको हो । 

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।