सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाईते

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका- ४ दुधफारम स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । 

दिउँसो ३ बजे नेमुवाबाट बिराटनगर तर्फ आउदै गरेको प्र. १-०४-००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना. ७ ख १८७६ नम्बरको ट्याङकर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका म्याजिक चालक ईटहरी- १७ का ३० बर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने म्याजिकमै सवार अन्य घाईते बिराटनगर- ६ का ३६ बर्षीय शंखर प्रसाद शर्मा, ३५ बर्षीय मुन्ना कुमार दास, दुहबी- २ का ४० बर्षीय सबिना खातुन, रंगेली- ८ का २४ बर्षीय अमित सरदार र चुईचुम्मा गाउँपालिका-७ खोटाङका २२ बर्षीय सजिन मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालक सप्तरीका ३६ बर्षीय संजिव कुमार ठाकुर जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।